फागुन २१ मै निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चित : सञ्चारमन्त्री खरेल

भक्तपुरकाे गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार भएको भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै मन्त्री खरेलले तोकिएको समय फागुन २१ गतेभित्रै निर्वाचन गराउन सरकार पूर्णरुपमा तयार रहेको बताए ।

पुस ११, २०८२

सुन्दर शिल्पकार

Environment for fair election on Falgun 21 ensured: Communications Minister Kharel

भक्तपुर — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनेको बताएका छन्।

भक्तपुरकाे गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार भएको भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै मन्त्री खरेलले फागुन २१ गतेभित्रै निर्वाचन गराउन सरकार पूर्णरुपमा तयार रहेको बताए ।

उनले ताेकिएकाे समयमै शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चितता भएको बताए । एमाले अध्यक्ष ओलीसित निर्वाचनको वातावरण बनाउने विषयमा कुराकानी भएको मन्त्री खरेलले जानकारी दिए ।

मन्त्री खरेलले एमालेलाई ढुक्कसँग निर्वाचनमा सहभागी हुन आग्रह गरेको बताए । भयरहित तथा निष्पक्ष निर्वाचन र सुरक्षाको विषयमा अध्यक्ष ओलीले चासो लिएको उनले बताए ।

अध्यक्ष ओलीलाई सरकारले लगाएको स्थानहद हटाउने बारे मन्त्री खरेलले सरकारको लक्ष्य नै निर्वाचन भएकाले त्यसका लागि कुनै अल्झन् तथा चुनौती भए सहज बनाउँदै अगाडी बढ्ने जानकारी दिए। 

सुन्दर शिल्पकार

Link copied successfully