निर्वाचन भए बहुमत ल्याउँछौं, तर सरकारले चुनावको वातावरण बनाएको छैन : ओली

'हामी शान्तिपूर्ण वातावरणमा चुनाव होस् भन्ने चाहन्छौँ । स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित चुनाव होस् भन्नेमा छौँ। तर त्यस्तो समय छैन । यो सरकार मुठभेडको मूडमा छ,' एमाले अध्यक्ष केपी शर्मा ओलीले भने ।

पुस १०, २०८२

कान्तिपुर संवाददाता

We will bring a majority if there is an election, but the government has not created an environment for the election: Oli

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए उनीहरूको पार्टी सहभागी हुने तर वर्तमान सरकार त्यस दिशामा नभएको टिप्पणी गरेका छन्।

एमालेको ११औँ महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद दिन बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनीले भने, 'सरकारले निर्वाचन गराए हामी निर्वाचनमा सहभागी हुनेछौं, बहुमत ल्याउँछौं, चुनाव जित्छौं । हामी शान्तिपूर्ण वातावरणमा चुनाव होस् भन्ने चाहन्छौं। स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित चुनाव होस् भन्नेमा छौं। तर त्यस्तो समय छैन। यो सरकार मुठभेडको मूडमा छ।'

राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटवार्ताको प्रसंग उल्लेख गर्दै एमाले अध्यक्ष ओलीले संवैधानिक ढंगले सरकार बनेको र आफूहरू चुनावविरोधी नभई प्रतिगमनविरोधी मात्रै रहेको बताए । सकेसम्म छिटो संसद् चाहिने भन्दै संसद् पुनर्स्थापनाको माग आफूहरूले राखेको ओलीले बताए। उनले भने,  'राष्ट्रपति र प्रधानमन्त्री चुनाव गराउँछु भन्छन् तर चुनावको वातावरण सरकारले बनाएको छैन। नेताहरूलाई जान नदिने, प्रतिबन्ध लगाउने, मिडियामा ट्रायल गर्ने र त्रास फैलाउने वातावरण छ।'

जेन-जीका नाममा डर फैलाउने प्रयास भइरहेको बताउँदै ओलीले भने, 'केहीले छट्टुले त्यसको गलत लाभ उठाइरहेका रहेका छन् ।' अहिले चुनावको वातावरण नभएको र चुनावको सम्भावना पनि कम भएको उल्लेख गर्दै ‌ओलीले भने, 'जसको सुरक्षा खतरा छ, त्यसबेला सरकारले हाम्रो सुरक्षा सुनिश्चित गरेन, त्रासको वातावरण मात्रै खडा गर्‍यो ।' 

कान्तिपुर

Link copied successfully