नेपालको समृद्धिको साँचो युवाको हातमा : शिक्षामन्त्री पुन

ज्ञानलाई सेवा र अर्थतन्त्रको विकासमा लगाउन शिक्षामन्त्री पुनले आग्रह गरेका छन् ।

पुस १०, २०८२

कान्तिपुर संवाददाता

The key to Nepal's prosperity lies in the hands of youth: Education Minister Pun

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो ज्ञानलाई  सेवा र अर्थतन्त्रको विकासमा लगाउन विद्यार्थीलाई अनुरोध गरेका छन् ।

'ज्ञानबाट अहंकार होइन सेवाको उदय होस्, उद्यम र रोजगारीको प्रादुर्भाव होस्,' दशरथ रंगशालामा आयोजित त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भने, 'तपाईंहरुले ज्ञान र प्रविधिलाई चेतना, विश्वास, सद्भाव र समृद्धिसहित अर्थतन्त्र विकासको माध्यम बनाई पछौटेपन, अशिक्षा र गरिबी विरुद्धको औजार बनाउनुहोस् ।'

मन्त्री पुनले नेपालको समृद्धिको साँचो युवाहरुको हातमा रहेको र यसलाई अर्थतन्त्रसँग जोड्नुपर्ने बताए । शैक्षिक प्रमाणपत्र आफ्नो क्षमताको चिनारी भएको उनको भनाइ थियो ।

कान्तिपुर

Link copied successfully