वैदेशिक रोजगार विभागको महानिर्देशकमा मीरा आचार्य

उनी विभागकी पहिलो महिला महानिर्देशक हुन् ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Meera Acharya appointed as Director General of the Department of Foreign Employment

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको महानिर्देशकमा मीरा आचार्यलाई पठाएको छ । उनी विभागकी पहिलो महिला महानिर्देशक हुन् ।

श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई विभागको जिम्मेवारी दिएका हुन् । उनी सामान्य मन्त्रालयबाट श्रममा सरुवा भएकी थिइन् ।

श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारमा रहेको संगठित अपराधलाई अनुसन्धान गर्न टास्कफोर्स बनाउने योजना बनाइरहेका बेला विभागले नयाँ महानिर्देशक पाएको हो ।

कान्तिपुर

Link copied successfully