एमाले नेता महर विद्युतीय कसुरमा एक लाख धरौटी बुझाएर छुटे

जिल्ला अदालत काठमाडौंले ऐन महरविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर ठहर गर्दै एक लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

UML leader Mahar released on bail of Rs 100,000 in electrical case

काठमाडौँ — विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा खेपिरहेका नेकपा एमाले नेता ऐन महर एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंले महरविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर ठहर गर्दै एक लाख रुपैयाँ धरौटी माग गरेको थियो । सोहीअनुसार महरले धरौटी बुझाएपछि अदालतबाट रिहा भएका हुन् । न्यायाधीश उमानाथ गौतमको इजलासले धरौटी माग गर्ने आदेश गरेको थियो । 

तर, सोही कसुरमा महरकी पत्नी अनुजा श्रेष्ठलाई भने साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । महर दम्पतीविरुद्ध रश्मिला बमले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत कसुर भएको भन्दै साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully