नेतालाई स्थानहद लगाएर चुनावमा जाउ भन्नु हातखुट्टा बाँधेर पाैडी खेल्न लगाए जस्तै हाे : संविधानविद् अधिकारी

मुलुकमा चुनावको वातावरण बनाउनका लागि नेताहरूमाथि स्थानहद लगाउन नहुने अधिकारीले बताए ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Telling a leader to contest elections by setting a boundary is like forcing him to play chess with his hands and feet tied: Constitutional scholar Adhikari

काठमाडौँ — पूर्वसांसद तथा संविधानविद् राधेश्याम अधिकारीले राजनीतिक दलका प्रमुख नेताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानबाट बन्देज लगाएर चुनावकाे वातावरण नबन्ने बताएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँगकाे छलफल तथा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिकरण कार्यक्रममा वरिष्ठ अधिवक्ता अधिकारीले नेताहरूलाई बयानमा बाेलाउन तर स्थानहद हटाउनु पर्ने धारणा राखेका हुन् ।

 

भदौ २३ र २४ गतेकाे घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयाेगकाे सिफारिसमा सरकारले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलगायतलाई काठमाडौं उपत्यका छाेड्न नपाउने गरी स्थानहद लगाइएको छ ।

 

मुलुकमा चुनावको वातावरण बनाउनका लागि नेताहरूमाथि स्थानहद लगाउन नहुने अधिकारीले बताए । 'नेताहरूलाई बयानमा बाेलाउने भए कहिले बाेलाउने हाे, बाेलाए हुन्छ तर दलका प्रमुख नेतालाई स्थानहद लगाएर चुनावमा जाउ भन्नु हातखुट्टा बाँधेर पाैडी खेल्न भन्नुजस्तै हाे,' उनले भने ।

 

अधिकारीले राजनीतिक दलहरूको सहभागीतामा नै चुनाव गर्नुपर्ने कुरा सरकारले बुझ्नुपर्ने बताए । राजनीतिक दलहरूसँग संवाद गर्नका लागि प्रधानमन्त्री कार्कीलाई उनले सुझाव दिए ।

कान्तिपुर

Link copied successfully