अनुमतिबिना आन्दोलनमा उत्रिएका मिराजको टिमलाई प्रहरीले माइतीघरबाट हटायो

आजको आन्दोलनका लागि आजै बिहान अनुमति माग गर्न आएपछि अनुमति नदिइएको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Police remove Miraj's team from Maitighar for protesting without permission

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले मिराज ढुङ्गाना नेतृत्वको जेन–जी समूहलाई आन्दोलन गर्न अनुमति नदिएको बताएको छ । 

आन्दोलनकै दिन आज बिहान १० बजे जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको ढुङ्गानाको टिमलाई अनुमति प्रदान नगरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।

Police remove Miraj's team from Maitighar for protesting without permission

'उहाँहरु आजको आन्दोलनको लागि आज नै प्रशासन आउनु भएको थियो । अनुमतिको लागि पनि पक्रिया हुन्छ । भर्खरको भर्खर आन्दोलनको अनुमति कसैले चाहँदैमा पाउने कुरा पनि हैन,' रिजालले भने, 'सुरक्षा संयन्त्रलगायतको छलफलपछि अनुमति दिने कुरा हो । हामीले आज नगर्नुस् भनेका छौं । यदि अटेर भए कानुनअनुसार प्रशासनले काम गर्नेछ ।'

Police remove Miraj's team from Maitighar for protesting without permission

ढुङ्गानाले गरी खान देऊ अभियान चलाउँछन् । जेन–जी समूहको विरोध प्रदर्शन सोमबार बिहान ११ बजेदेखि माइतीघरमा हुने भनिएको थियो ।

अनुमतिबिना आन्दोलन गरेको भन्दै प्रहरीले मिराज ढुंगानाको जेन–जी समूहका केही प्रदर्शनकारीलाई माइतघर मण्डला क्षेत्रबाट हटाएको छ । त्यस क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दोलनकारीले नाराबाजी गरेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully