नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा कार्की निर्वाचित

५२ औं राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनका कार्कीले ५ सय १२ मत ल्याए ।

पुस ७, २०८२

अजित तिवारी

Karki elected as Nepal Jaycees national president

काठमाडौँ — नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित भएका छन् । 

जनकपुरमा जारी जेसिजको ५२ औं राष्ट्रिय महाधिवेशनमा ५ सय १२ मत ल्याई कार्की अध्यक्ष पदमा निर्वाचित भएका हुन् । जेसिजको सन् २०२६ का लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका कार्की रामेछापका हुन् ।

कार्कीका प्रतिस्पर्धी विजय गुरुङले ४ सय ६२ मत, रश्मि शिल्पकारले १ सय ४७ मत र राजाराम गौतमले ८३ मत पाएका छन् । शुक्रबारदेखि जनकपुरमा जारी जेसिजको महाधिवेशनमा नयाँ नेतृत्वका लागि आइतबार अबेरसम्म मतदान भएको थियो । 

नयाँ नेतृत्व छनोट गर्दै जनकपुरमा जारी महाधिवेशन सोमबार सकिएको छ ।

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully