मलेसियाले श्रमिक स्वस्थ भएको सुनिश्चितता खोज्छ : राजदूत

'रोजगारीका लागि जानुअघि सबै नेपाली कामका लागि सक्षम छन् भन्ने सुनिश्चित गर्न गुणस्तरीय स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिइएको हो ।'

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Malaysia seeks to ensure workers are healthy: Ambassador

काठमाडौँ — नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजामले रोजगारीका लागि जाने नेपाली श्रमिक स्वस्थ र कामका लागि सक्षम भए/नभएको सुनिश्चितता मलेसियाले खोज्ने गरेको बताएका छन् ।

नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल मेडिकल व्यवसायी संघ र गाम्का नेपालद्वारा आप्रवासन दिवसा अवसरमा आइतबार आयोजित स्वास्थ्य शिविरमा सम्बोधन गर्दै उनले भने, ‘यो केवल प्रशासनिक आवश्यकता मात्र होइन, दुवै देशको साझा नैतिक जिम्मेवारी पनि हो । स्वास्थ्यले श्रमिकको सम्मान, सुरक्षा र कल्याण हुन्छ । यसले उत्पादनशीलता र दिगोपन पनि सुनिश्चित गर्छ ।’ 

रोजगारीका लागि मलेसिया जानुअघि सबै नेपाली कामका लागि सक्षम छन् भन्ने सुनिश्चित गर्न गुणस्तरीय स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिइएको उनले बताए । ‘नेपाल स्वास्थ्य व्यवसायी महासंघमार्फत मलेसिया जानुअघि सबै नेपाली श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण भइरहेको छ । यो उत्कृष्ट कार्यको म प्रशंसा गर्न चाहन्छु,’ उनले भने, ‘मलेसिया श्रम आप्रावसनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा नेपाल सरकार तथा सम्बन्धित सरोकारवालासँग नजिकबाट सहकार्य गर्ने प्रतिबद्ध जनाउँछु ।’

मलेसिया लामो समयदेखि नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक बनिरहेको उनको भनाइ थियो । ‘नेपाली श्रमिक मलेसियामा आफ्नो अनुशासन, सहनशीलता र बलियो कार्य संस्कृतिका कारण परिचित छन्,’ उनले भने, ‘नेपालीले विशेषगरी उत्पादन, निर्माण, प्लान्टेसन तथा सेवा क्षेत्रमार्फत मलेसियाको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन् ।’

कान्तिपुर

Link copied successfully