उच्च अदालत पाटनमा युवतीद्वारा आत्महत्या प्रयास

बिहीबार ३० वर्षीया पीडित युवतीले आत्महत्या प्रयास गरेपछि प्रहरीले उद्धार गरेर पाटन अस्पताल लगेकाे थियाे ।

पुस ४, २०८२

कान्तिपुर संवाददाता

Woman attempts suicide in Patan High Court

काठमाडौँ — ललितपुरस्थित उच्च अदालत पाटनमा बलात्कार पीडित एक युवतीले आत्महत्या प्रयास गरेकी छन् ।

बिहीबार ३० वर्षीया पीडित युवतीले आत्महत्या प्रयास गरेपछि प्रहरीले उद्धार गरेर पाटन अस्पतालमा लगेकाे थियाे ।

कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको भन्दै पीडितले किटनाशक औषधि सेवन गरेकी हुन् । 

अदालतका कर्मचारीले अदालत कम्पाउण्डमा छटपटाएको देखेर प्रहरीलाई खबर गरेपछि पीडितलाई प्रहरीले पाटन अस्पताल लगेर भर्ना गरेकाे अदालतकी सूचना अधिकारी पार्वती हितानले बताइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully