रास्वपा सभापति लामिछानेलाई कुर्दै जिल्ला अदालत रुपन्देही

जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जिल्ला अदालतले नै पत्राचार गरेर बाेलाएका कारण शुक्रबार कुरेर भए पनि कागजी प्रक्रिया पूरा गर्नका लागि प्रतीक्षा गरिरहेकाे जनाए ।

पुस ४, २०८२

दीपेन्द्र बडुवाल

Rupandehi District Court awaiting RSP President Lamichhane

भैरहवा — चितवन हुँदै सडकमार्गबाट रुपन्देही आइरहेका रास्वपा सभापति रवि लामिछानेकाे कागजी प्रक्रिया पूरा गर्नका लागि जिल्ला अदालत रुपन्देही पर्खाइमा बसेकाे छ ।

काठमाडौंबाट भैरहवास्थित गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आउने तय भए पनि खराब माैसमका कारण जहाजको उडान/अवतरण प्रभावित भएकाे थियाे । त्यसपछि काठमाडौंबाट चितवनकाे भरतपुर हुँदै नारायणगढ-बुटवल खण्डबाट जिल्ला अदालत भैरहवा आउन लागेका हुन् । 


जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जिल्ला अदालतले नै पत्राचार गरेर बाेलाएका कारण शुक्रबार कुरेर भए पनि कागजी प्रक्रिया पूरा गर्नका लागि प्रतीक्षा गरिरहेकाे बताए । धेरै राति नभए शुक्रबार नै सबै प्रक्रिया पूरा गरिने उनले बताए ।


तुलसीपुर उच्च अदालतको आदेशबाट रिहा भएका लामिछाने थुनामुक्त हुने आवश्यक प्रक्रिया पूरा गर्न शुक्रबार जिल्ला अदालत रुपन्देही उपस्थित हुने खबरपछि बिहानैदेखि जिल्ला अदालत परिसर र गाैतमबुद्व विमानस्थल बाहिर कार्यकर्ता प्रतीक्षामा थिए । दिउँसो जिल्ला आउने रुट परिवर्तन भएपछि कार्यकर्ता विमानस्थलबाट अदालत केन्द्रित भएका छन् ।

दीपेन्द्र बडुवाल

Link copied successfully