रास्वपा सभापति लामिछाने थुनामुक्त

तुलसीपुर उच्च अदालतको आदेशमा रिहा भएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न शुक्रबार साँझ जिल्ला अदालत उपस्थित भएका हुन् ।

पुस ४, २०८२

दीपेन्द्र बडुवाल

Rashtriya Swayamsevak Sangh (RSS) President Lamichhane released from prison

भैरहवा — काठमाडौंबाट चितवन हुँदै शुक्रबार साँझ रूपन्देही आइपुगेका रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएर थुनामुक्त भएका छन् । उनी शुक्रबार साँझ ५ बजेर ३७ मिनेटमा अदालतमा उपस्थित भएका हुन् ।

तुलसीपुर उच्च अदालतको आदेशमा रिहा भएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न शुक्रबार साँझ जिल्ला अदालतमा उपस्थित भएका हुन् । खराब मौसमका कारण काठमाडौंबाट भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा  उडान भर्न नपाएपछि चितवनको भरतपुर विमानस्थल भएर सडकमार्गबाट रूपन्देही आइपुगेका हुन् । 

जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले कानुन व्यवसायीको रोहबरमा सनाखतका लागि पहिल्यै कागजात तयारी अवस्थामा राखेका कारण छिट्टै काम सकिएको जनाए । 

Rashtriya Swayamsevak Sangh (RSS) President Lamichhane released from prison

जिल्ला अदालतले नै पत्राचार गरेर बोलाएका कारण शुक्रबार कुरेर भए पनि कागजी प्रक्रिया पूरा गरिएको उनले बताए । 

तुलसीपुर उच्च अदालतको आदेशबाट बिहीबार रिहा भएका लामिछाने थुनामुक्त हुन आवश्यक प्रक्रिया पूरा गर्न शुक्रबार जिल्ला अदालत रूपन्देहीमा उपस्थित हुने खबरपछि बिहानैदेखि जिल्ला अदालत परिसर र गौतमबुद्व विमानस्थलबाहिर कार्यकर्ताको भीड लागेको थियो । दिउँसो विमानस्थलको रुट परिवर्तन भएपछि कार्यकर्ता विमानस्थलबाट अदालत केन्द्रित भएका थिए । 

लामिछानेको स्वागतका लागि अदालतबाहिर समर्थकको भीड लागेको थियो । साँझ अबेरसम्म समर्थकले नाचगान गरेका थिए ।

दीपेन्द्र बडुवाल

Link copied successfully