भरतपुरबाट गाडीमा भैरहवा हिँडे लामिछाने, आजै थुनामुक्त हुने

बाक्लाे हुस्सुका कारण भैरहवा विमानस्थलमा उडान हुन नसकेपछि लामिछाने भरतपुर विमानस्थल हुँदै त्यहाँबाट गाडीमा रुपन्देही गएका हुन् ।

पुस ४, २०८२

कान्तिपुर संवाददाता

Lamichhane walked from Bharatpur to Bhairahawa by car, will be released from custody today

काठमाडौँ — रुपन्देही जिल्ला अदालतमा उपस्थित हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने भरतपुर विमानस्थलबाट गाडीमा भैरहवा हिँडेका छन् ।

बाक्लाे हुस्सुका कारण भैरहवा विमानस्थलमा उडान हुन नसकेपछि लामिछाने भरतपुर विमानस्थल हुँदै त्यहाँबाट गाडीमा रुपन्देही गएका हुन् । 

सहकारी ठगी मुद्दामा तुलसीपुर उच्च अदालतको बुटवल इजालासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको गत साउन २६ गतेको आदेश बदर गर्दै बिहीबार बिगो बराबरको बैंक जमानत लिएर शर्तसहित लामिछानेलाई थुनामुक्त गर्न आदेश गरेको थियो ।

ललितपुरकाे नख्खु कारागारमा रहेका लामिछानेले रिहा हुनका लागि रूपन्देही जिल्ला अदालतमा स्वयं उपस्थित भएर कागज गर्नुपर्ने अदालतको आदेश भएकाे थियाे ।   

जिल्ला अदालत रुपन्देही सूचना अधिकारी पदम अर्यालले अदालतले प्रहरीलाई नै पत्र काटेर उपस्थित गराउन भनेकाले आजै प्रक्रिया टुग्याइने बताए । 

Lamichhane walked from Bharatpur to Bhairahawa by car, will be released from custody today

भैरहवा जान शुक्रबार बिहान ७ बजे नै काठमाडौंस्थित त्रिभुवन विमानस्थल पु्गेका लामिछाने त्यहाँ उडान नभएपछि भरतपुरसम्म जहाजमा गएका थिए । लामिछाने थुनामुक्त हुने प्रक्रिया पूरा गर्न शुक्रबार जिल्ला अदालत रुपन्देही उपस्थित हुने भएपछि बिहानैदेखि जिल्ला अदालत परिसर र गाैतमबुद्व विमानस्थल बाहिर कार्यकर्ता प्रतीक्षामा छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully