माैसम नखुलेपछि भैरहवाकाे उडान प्रभावित, रास्वपा सभापति लामिछानेकाे प्रतीक्षामा कार्यकर्ता

शुक्रबार बिहान रुपन्देही आउन लागेका रास्वपा सभापति रवि लामिछाने काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा राेकिएका छन्  ।

पुस ४, २०८२

दीपेन्द्र बडुवाल

Flights to Bhairahawa affected due to weather, workers waiting for RSVP President Lamichhane

What you should know

भैरहवा — बाक्लाे हुस्सुका कारण माैसम नखुलेपछि भैरहवास्थित गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएकाे छ ।

जसले गर्दा शुक्रबार बिहान रुपन्देही आउन लागेका रास्वपा सभापति रवि लामिछाने काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा राेकिएका छन्  । 

 

तुलसीपुर उच्च अदालतको बुटवल इजलाशबाट थुनामुक्त हुने आदेश भएका रास्वपाका सभापति लामिछाने आवश्यक प्रक्रिया पूरा गर्न शुक्रबार जिल्ला अदालत रुपन्देही उपस्थित हुने भएपछि बिहानैदेखि जिल्ला अदालत परिसर र गाैतमबुद्व विमानस्थलबाहिर कार्यकर्ता प्रतीक्षामा छन् । 

 

लामिछानेलाई भैरहवा ल्याउने भएपछि भैरहवाकाे सुरक्षा व्यवस्था कडा तुल्याइएकाे छ । लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले भैरहवा विमानस्थलमा उडान/अवतरण प्रभावित भए पनि बन्द नभएका कारण हवाई यात्राकाे विकल्पबारे नसाेचिएकाे बताए । 

 

रिहा हुनका लागि लामिछाने जिल्ला अदालतमा उपस्थित भएर कागज गर्नुपर्ने भएकाले उनी भैरहवा आउने तय भएकाे थियाे । 

 

तुलसीपुर उच्च अदालतको बुटवल इजालासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको गत साउन २६ गतेको आदेश बदर गर्दै बिहीबार बिगो बराबरको बैंक जमानत लिएर शर्तसहित लामिछानेलाई थुनामुक्त गर्न आदेश गरेको थियो । अहिले लामिछानेलाई ललितपुरको नक्खु कारागारमा राखिएकाे थियो ।

 

थुनामुक्त हुने प्रक्रियाका लागि शुक्रबार बिहान रुपन्देही ल्याउने तयारी भए पनि मौसममा आएको खराबीका उच्च अदालतका अनुसार आदेशको सक्कल मिसिल शुक्रबार १० बजे जिल्ला अदालत पठाइएको छ ।

 

उच्च अदालतका अनुसार बिगोको ग्यारेन्टी र पछि अदालतबाट फैसला हुँदा बिगोको ग्यारेन्टी र पछि थप दायित्व सिर्जना गरेमा बुझाउन मञ्जुर भए सो को कागज गराई थुनामुक्त हुने जनाएको छ ।

 

अदालतको आदेश अनुसार लामिछानेले यअसघि बुझाएको १ करोड धरौटी उच्च अदालतले स्वीकार गरेको छ । त्यसबाहेक २ करोड ७४ लाख ८४ हजारको बैंक ग्यारेन्टी पनि स्वीकार गरेको छ । तुलसीपुर उच्च अदालत बुटवल इजलाशको २०८१ चैत २२ गतेको आदेश अनुसार लामिछाने पक्राउ परेका थिए । काठमाडौंबाट पक्राउ परेका उनलाई सुरुमा जिल्ला कारागार रुपन्देहीमा राखिएको थियो ।

दीपेन्द्र

Link copied successfully