रवि छुट्दा छवि भने थुनामै

जोशीको धरौटी बराबरको रकम राखेर रिहा हुने निवेदन रितपूर्वक पेस नभएको भन्दै उच्चले यस्तो आदेश गरेको हो ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

While Ravi is released, Chhabi remains in custody.

काठमाडौँ — तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गर्दा उनीसँगै प्रतिवादी बनेका पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी भने थुनामै रहने भएका छन्

जोशीको धरौटी बराबरको रकम राखेर रिहा हुने निवेदन रितपूर्वक पेस नभएको भन्दै उच्चले यस्तो आदेश गरेको हो । उच्च अदालतले छविलाई पनि निवेदन पेस गरेमा निर्णय हुने आदेशमा भनिएको छ । 

अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले  आदेश गरेको हो । छविको हकमा रविले जस्तै भैरहवा जिल्ला अदालतमा गएर आफूले तिर्नुपर्ने रकम बराबरको बैंक ग्यारेन्टी बुझाएर प्रक्रिया गरेका थुनामुक्तको आदेश हुने उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।

लामिछानेको हकमा अब उनी नख्खु कारागारबाट जिल्ला अदालत भैरहवा उपस्थित हुनु पर्ने छ । उनले आफ्नो जिम्मेवारीमा पर्ने रकम बुझाउन तयार छु भनी कागज गरेपछि उनी रिहा हुने सूचना अधिकारी कुँवरले बताए । हाल रवि नख्खु कारागारमा रहेका छन् । 

कान्तिपुर

Link copied successfully