वन मन्त्रालयमै विदेशी काठबाठ बनाइएका सामान प्रयोग हुनु लज्जास्पद : मन्त्री चौलागाईं

‘पहिलो दिन हामी वन मन्त्रालय जाँदा मन्त्रीको कार्यकक्षको जुन बाटो हुँदै गयौँ । त्यहाँ विदेशी वस्तुको मात्रै प्रयोग गरेको देख्दा हाँसो उठिरहेको थियो । यो भन्दा लज्जास्पद कुरा केही पनि छैन,’ उनले भने ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

It is shameful that foreign timber products are used in the Ministry of Forests itself: Minister Chaulagain

काठमाडौँ — वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्ने बताएका छन् । 

बिहीबार नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री चौलागाईंले वन मन्त्रालयमै विदेशी पैदावारबाट बनाइएका सामग्रीको प्रयोग हुनु लज्जास्पद भएको  बताएका हुन् ।

नीतिमा सुधार गर्नुका साथै व्यवहारिक कुरामा पनि सुधार गर्नका लागि हरेक दिनलाई अन्तिम दिन मानेर काम गरिरहेको उनले बताए । उनले स्वदेशी कच्चा पदार्थको प्रयोग, नीतिगत सहजीकरण र बजार विस्तारको विषय सरकारको प्राथमिकतामा रहेको समेत उनले बताए । 

‘पहिलो दिन हामी वन मन्त्रालय जाँदा मन्त्रीको कार्यकक्षको जुन बाटो हुँदै गयौँ । त्यहाँ विदेशी वस्तुको मात्रै प्रयोग  गरेको देख्दा हाँसो उठिरहेको थियो । यो भन्दा लज्जास्पद कुरा केही पनि छैन,’ उनले भने । 

मन्त्री चौलागाईंले वन पैदावार उद्योगी व्यवसायीहरुलाई ३० दिनमा परिणाम दिनेगरी अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully