जेन–जी आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको छ : उपराष्ट्रपति

गोरखापत्र संस्थान पत्रकारिताको धरोहर मात्र होइन, नेपाली समाज, संस्कृति, इतिहास र परिवर्तनको जीवन्त दस्तावेज पनि हो ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Gen-G movement has given the country a new direction: Vice President

काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको बताएका छन्। बिहीबार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपाल को ६१औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उपराष्ट्रपतिले आजको पारदर्शिता, सुशासन, भ्रष्टाचारमुक्त समाज, सरल सार्वजनिक सेवा र देशभित्रै रोजगारीका अवसरको मागसहित उठेको जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको बताए। उनले आधुनिक पूर्वाधारले मात्र राष्ट्रलाई प्रतिस्पर्धी बनाउनेदेखि पत्रकारिताले पूर्वाधार विकासमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न निगरानी भूमिका खेल्न सक्नुपर्ने बताए।

उनले आजको समय डिजिटल युगको भएकाले समाचारको गति र पहुँच डिजिटल माध्यमले परिभाषित गर्ने अवस्था रहेको बताउँदै गोरखापत्रले डिजिटल पत्रकारितामा अग्रसर भई विश्वसनीयता र तथ्यपरकता कायम राख्न सक्नुपर्ने बताए। उपराष्ट्रपतिले गोरखापत्र संस्थान पत्रकारिताको धरोहर मात्र होइन, नेपाली समाज, संस्कृति, इतिहास र परिवर्तनको जीवन्त दस्तावेज पनि भएको बताउँदै भने, ‘गोरखापत्रले डिजिटल पत्रकारितामा अग्रसर भई विश्वसनीयता र तथ्यपरकता कायम राख्न सक्नुपर्छ।’

गोरखापत्र संस्थानले अभिलेखीय पत्रकारिता अर्थात् तथ्य, इतिहास र प्रमाणलाई सुरक्षित राख्ने पत्रकारितामार्फत भविष्यका पुस्तालाई अमूल्य सम्पदाका रूपमा आफूलाई उभ्याउनु अर्को प्रशंसनीय कदम भएको बताए।

कान्तिपुर

Link copied successfully