जेन–जीहरूले स्वर परिवर्तन गरेर चुनाव हुन दिँदैनौँ भनिरहेका छन्, यो भन्न पाइँदैन : चिरिबाबु महर्जन

उनले निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने र त्यसलाई सफल बनाउन जेन–जीहरूले पनि सहयोग गर्नुपर्ने बताए ।

पुस २, २०८२

न्युज एजेन्सी नेपाल

The Gen-Gs are changing their tune and saying they will not allow the elections to be held, this cannot be said: Chiribabu Maharjan

काठमाडौँ — ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेन–जीहरूले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन्। ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अन्तरिम सरकारलाई फागुन २१ गतेको निर्वाचन सम्पन्न गरी नयाँ जनभावनाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताउँदै पछिल्लो समय जेन–जीहरूले निर्वाचन हुनै नदिने भनेर स्वर निकालिरहेको बताए । उनले यस्तो गर्न नपाइने बताउँदै निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने र त्यसलाई सफल बनाउन जेन–जीहरूले पनि सहयोग गर्नुपर्ने बताए । 

उनले भने, 'जुन सरकार छ, यसको खास काम भनेको फागुन २१ गतेको चुनाव सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो। तर अलिकति मलाई चिसो परिरहेको छ।'

उनले पछिल्ला दिनहरूमा जेन–जीहरूले स्वर परिवर्तन गरिरहेको र चुनाव हुन दिँदैनौँ भनिरहेको उल्लेख गर्दै भने, 'यो भन्न पाइँदैन। चुनाव गर्नैपर्छ।'

न्युज

Link copied successfully