हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष काठमाडौंबाट पक्राउ

कुमार, विश्वक्रान्ति र देवराज लामा भनेर समेत चिनिने उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार कपनबाट पक्राउ गरेको हो ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

Vice-chairman of Hark Sampang-led party arrested in Kathmandu

काठमाडौँ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन् ।

कुमार, विश्वक्रान्ति र देवराज लामा भनेर समेत चिनिने उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार कपनबाट पक्राउ गरेको हो । सीआईबीका डीएसपी धर्म भण्डारीको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको सीआईबीका एक अधिकृतले बताए । 

उनी १५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा बम विस्फोट गराएको मुद्दामा पहिले पक्राउ परेका थिए । केन्द्रीय कारागारमा रहेका बेला २०७६ सालमा प्रजातन्त्र दिवसको अवसरमा उनी छुटेका थिए ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरमा विस्फोटक पदार्थसम्बन्धी अर्को मुद्दामा फरार रहेको पाइएपछि पक्राउ गरिएको सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully