पुस ५ गतदेखि गरिने भनिए पनि प्राविधिक कारणले बाघ गणनाको मिति सारिएको हो ।
What you should know
बर्दिया — यस वर्ष पुस ५ गतेबाट बाघको गणना गरिने भनिए पनि ९ गतेबाट हुने भएको छ । मंगलबार बर्दिया निकुञ्जमा बसेको बैठकले पुस ९ गतेबाट बाघ गणना गरिने जाकारी दिएको हो ।
प्राविधिक कारणले निर्धारित समय सारिएको निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । 'पुस ७ र ८ गते बाघ गणनासम्बन्धी तालिम गरिने छ,' उनले भने, 'बाघ गणनाका लागि आवश्यक तयारी भइसकेको छ ।' दाङ, बाँके र बर्दियामा एकै साथ बाघको गणना गरिने भएको छ । क्यामेरा ट्र्यापिङ प्रविधिबाट गणना गरिन्छ । यस वर्ष पहिलो पटक दाङमा बाघ गणना गरिने भएको छ । बाँके निकुञ्जको सीमा पर्ने भएकोले यहाँ पनि बेला बेलामा बाघ देखिने गरेकोले गणना गर्न थालिएको बर्दिया निकुञ्जले जनाएको छ ।
दाङमा एउटा बल्क राखिने भएपनि निकुञ्जले थप एक ब्लक राख्ने भएको छ । अब दाङ, बाँके र बर्दियामा गरी २/२ वटा गरी ६ वटा बल्क राखिने भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तूम्फाहाम्फेले बताए । बाघ गणनाका लागि करिब ४ सय ५० क्यामेराको प्रयोग गरिने कोषका प्रमुख तुम्फाहाम्फे बताए । निकुञ्जमा हरेक चार वर्षमा बाघको गणना हुने गर्छ । राष्ट्रिय निकुञ्ज वन्यजन्तु विभाग र विश्व वन्यजन्तु संरक्षण कोष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संयुक्त प्राविधिक टोलीले क्यामेरा ट्र्यापिङको सहयोगमा गणना गरिने भएको छ । बर्दिया निकुञ्ज बाहेक खाता जैविकमार्ग र आसपासका क्षेत्रमा बाघको गणना हुने भएको जनाएको छ । बाघ गणनाका लागि खटिने प्राविधिक टोलीलाई दिने छ ।
बाघ गणनाका लागि ५६ जना निकुञ्ज, विश्ववन्यजन्तु कोष, प्रकृति संरक्षण कोष लगायत दक्ष प्राविधिक टोली र कर्मचारी खटिने भएका छन् । पहिलो पटक बाघ गणना २०१८ मा भएको थियो । त्यस समय बर्दियामा बाघको संख्या ८७ पुगेको थियो । सन् २०१३ मा गणना हुँदा बर्दिया निकुञ्जमा ५० वटा बाघको संख्या थियो । चार वर्ष अघि बाघ गणना गर्दा बर्दियामा १ सय २५ संख्या पुगेको थियो । यस वर्ष बाघको संख्या बढ्ने अनुमान निकुञ्जका कर्मचारीको छ ।
