राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ

मन्त्रिपरिषद्को सोमबारको बैठकले आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ र सदस्यमा सुनीति श्रेष्ठ (हाडा)लाई नियुक्त गरेको थियो ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

Newly appointed Vice-Chairman and members of the National Planning Commission take oath

काठमाडौँ — राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ र सदस्य सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मंगलबार आयोजित एक कार्यक्रममाझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ ग्रहण गरे।

Newly appointed Vice-Chairman and members of the National Planning Commission take oath

त्यसलगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथ ग्रहण गरे ।

कार्यक्रममा योजना आयोगका सदस्य एवं मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थ लगायत सरकारी उच्च अधिकारीहरूको उपस्थिति थियो।

शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

उनले अहिलेको मुलुकको अवस्थाको राम्रोसँग अध्ययन गरी र जेन–जी युवाको आकांक्षाबमोजिमका योजनाको तयारी गर्न निर्देशन दिए।

‘हामीले तपाईँहरूलाई विज्ञका रूपमा यो जिम्मेवारी दिएका हौँ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘मुलुकको अहिलेको परिस्थितिबारे जानकार नै हुनुहुन्छ । यो परिस्थिति बुझेर हामीले पाइला चाल्नुपर्नेछ । देशका योजना तथा कार्यक्रमहरू पनि परिवर्तनका लागि युवाले गरेको आन्दोलनको भावनाअनुरूप तर्जुमा गर्नुपर्छ । अहिलेको परिस्थितिको राम्रोसँग अध्ययन गरी मुलुकको साख उठाउने हिसाबले काम गर्नुपर्छ। मलाई आशा छ, तपाईँहरू यस कार्यमा सफल हुनुहुनेछ ।’

मन्त्रिपरिषद्को सोमबारको बैठकले आयोगको उपाध्यक्ष र सदस्य नियुक्त गरेको थियो ।

कान्तिपुर

Link copied successfully