अध्यक्ष केपी शर्मा ओलीले हलमा बोलाएपछि प्रतिनिधिहरु लाइन छोडेर हलमा गएका छन् ।
काठमाडौँ — विद्युतीय मेसिनमा गडबडी भएपछि मतदानका लागि लामबद्ध भएका प्रतिनिधिहरु बन्दसत्र हलमा गएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले हलमा बोलाएपछि प्रतिनिधिहरु लाइन छोडेर हलमा गएका हुन् ।
विद्युतीय मेसिनमा फेरि गडबडी भएपछि एमालेको नयाँ नेतृत्व चयनका लागि हुन गइरहेको मतदान सुरु हुन ढिलाइ भएको छ ।
उम्मेदवारको नाम इन्ट्रीमा समस्या भएपछि मतदान सुरु हुन ढिला भएको हो ।
एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । यसअघि दिउँसै सुरु हुने भनिए पनि विद्युतीय भोटिङ मेसिनमा कोडिङ मिलाउन समय लागेपछि मतदान ढिला भएको हो । मतदानका लागि काठमाडौंको भृकुटीमण्डपमा प्रतिनिधि तम्तयार भएर लामबद्ध छन् ।
