कानुनले तोकेबाहेक अन्य कागजातमा हुलाक टिकट टाँस्न नपर्ने

प्रचलित कानुनमा व्यवस्था भएको बाहेक सेवा प्रवाह प्रक्रियामा कागजको आधिकारिकताका लागि हुलाक टिकट अनिवार्य प्रचलन हटाउने निर्णय

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

No need to affix postage stamps to documents other than those specified by law.

काठमाडौँ — सरकारले कानुनले तोकेको बाहेक अन्य कागजातमा हुलाक टिकट टाँस्नैपर्ने गरी राखिएका व्यवस्था खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

मन्त्री खरेलका अनुसार प्रचलित कानुनमा व्यवस्था भएको बाहेक सेवा प्रवाह प्रक्रियामा कागजको आधिकारिकताका लागि हुलाक टिकट अनिवार्य प्रचलन हटाउने निर्णय भएको सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले बताए ।

कान्तिपुर

Link copied successfully