नेपाली पत्रकारितामा साधना र दीर्घकालीन योगदानको कदरस्वरुप श्रेष्ठलाई 'देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०२६' दिइने भएको हो ।
काठमाडौँ — ‘जनआस्था’ साप्ताहिकका प्रधान सम्पादक तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष किशोर श्रेष्ठलाई यस वर्षको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।
दिवंगत पत्रकार गौतमको जन्मजयन्ती (फेब्रुअरी १३) मा यो पुरस्कार हस्तान्तरण गरिनेछ । नेपाली पत्रकारितामा साधना र दीर्घकालीन योगदानको कदरस्वरुप श्रेष्ठलाई 'देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०२६' दिइने भएको हो ।
गौतम करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका अध्यक्ष थिए । पुरस्कार स्व. गौतमकी धर्मपत्नी प्रदीपा गौतमको पहलमा स्मृति दिवसमा दिइन्थ्यो । यस वर्षदेखि जन्मदिवसमा दिन थालिएको हो ।
श्रेष्ठ खोज पत्रकारिताका लागि चिनिएका व्यक्ति हुन् । उनको लामो समयको योगदानले नेपाली पत्रकारितालाई बलियो र मजबुत बनाएको गौतम परिवारको विश्वास छ । सम्मानपत्रसहित पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।
करेन्ट पब्लिकेशनमा ३५ वर्षभन्दा बढी समयदेखि निरन्तर योगदान पुर्याउँदै आएका प्राविधिक हरिबहादुर थापा मगरलाई पनि 'देवेन्द्र गौतम पत्रकारिता पुरस्कार– २०२६' प्रदान गरिने भएको छ, जसको राशि ५० हजार रहेको छ ।
