पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा आगलागीका २२ वटा घटना भएका र ती घटनामा परी दुई जनाको मृत्यु हो ।

मंसिर २९, २०८२

रासस

22 fire incidents, two deaths in last 24 hours

काठमाडौँ — पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा आगलागीका २२ वटा घटना भएका र ती घटनामा परी दुई जनाको मृत्यु हो । यस्तै, आगलागीसहितका विपद्जन्य घटनामा नौ जना घाइते भएका छन् । 

पछिल्ला दिनमा आगलागीका घटना बढ्दै गएको जनाउँदै प्राधिकरणकी प्रवक्ता शान्ति महतले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेकी छन् । 

उनका अनुसार मृत्यु हुनेमा संखुवासभाको चैनपुरमा ग्यास चुहिएर आगलागी हुँदा एक जना र रामेछापको सुनापातीमा एकजना रहेका छन् । ती घटनामा तीन करोड १४ लाख रुपैयाँको आर्थिक क्षति भएको जनाइएको छ ।

पछिल्ला विपद्जन्य घटनामा आगलागीका मात्रै २२ वटा घटना भएको छ । गएको एक महिनामै आगलागीमा परी आठ जनाको मृत्यु भइसकेको छ । 

रासस

Link copied successfully