उनले भने, 'अहिले चर्चा गरिए जस्तो कल्याण श्रेष्ठ वा चोलेन्द्रशमशेरकै नेतृत्वमा सरकार बने पनि सर्वस्वीकार्य त हुँदैन नि। सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीशलाई राखे पनि जेन–जीसहित अरू समूहले विद्रोह गर्यो भने के गर्ने त ?'
What you should know
काठमाडौँ — कानुन, संवैधानिकता र मानवअधिकारका क्षेत्रमा लामो समयदेखि सक्रिय सूर्यप्रसाद ढुंगेलले तोकिएको मितिमै निर्वाचन हुन नसके सुशीला कार्की नेतृत्वको सरकारलाई थप केही समय दिएर भएर पनि निर्वाचन सम्पन्न गरेर त्यहींबाटै नयाँ सरकार बनाउनतिर लाग्नुपर्ने बताएका छन् ।
अबको एकमात्र विकल्प भनेको निर्वाचन हो-सूर्यप्रसाद ढुंगेलहालै मात्र राष्ट्रिय मानवअधिकार आयोगको सदस्यबाट राजीनामा दिएका ढुंगेलले यस्तो अवस्थामा राष्ट्रपतिले निकास निकाल्नुपर्ने बताएका छन् । कान्तिपुरसँगको विस्तृत कुराकानीमा उनले पहिलो संविधानसभाले संविधान दिन नसकेको र बाधा अड्काउ फुकाएर तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएर निर्वाचन सम्पन्न गरेको विगतको सन्दर्भ जोडदै भने, 'यसअघि पनि राष्ट्रपतिले नै राजनीतिक दलसँग सल्लाह गरेर निकास दिनुभएको हो । हामी यस्ता संकट पटकपटक भोग्दै आएका छौं ।'
उनले पछिल्लो समय प्रधानमन्त्री कार्कीलाई फालेर संकटकाल व्यवस्थापनका लागि भन्दै केही नामहरुको चर्चा गरिएको पनि बताए । उनले भने, 'अहिले चर्चा गरिए जस्तो कल्याण श्रेष्ठ वा चोलेन्द्रशमशेरकै नेतृत्वमा सरकार बने पनि सर्वस्वीकार्य त हुँदैन नि। सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीशलाई राखे पनि जेन–जीसहित अरू समूहले विद्रोह गर्यो भने के गर्ने त ?' उनले जसको नेतृत्वमा सरकार बनेपनि चुनावको विकल्प नभएको बताउँदै भइरहेको सरकारलाई केही समय दिएर संक्रमणकाललाई छिटै सक्नु हितकर हुने बताए ।
यतिबेला निर्वाचनको विकल्प नभएको बताउँदै उनले २१ फागुनभित्रै सम्भव भएन भने सर्वदलीय सहमतिमा सुशीला कार्कीकै नेतृत्वमा अघि बढ्नुपर्ने तर्क पनि अघि सारे । उनले भने, 'अहिले निर्वाचनका लागि निर्वाचन आयोग, दल र सरकार तयार नै देखिन्छन् । अब सुरक्षाको कुरा सुरक्षाकर्मीहरूले मिलाउने हो। उनीहरूको आत्मबल बढाउँदै लगेर सरकारले निर्वाचन प्रचारप्रसार गर्नेदेखि भयरहित रूपमा मतदान गर्ने अवस्था सुरक्षा निकायले नै बनाउने हो।'
उनले खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई स्वीकार गरेको भन्न नसकेको बताउँदै एमालेले संसद् पुनःस्थापना र निर्वाचन दुवैमा जाने भनेर दुईवटा ढुंगामा खुट्टा राखीरहेको बतँए । उनले भने, 'यसरी हेर्दा भोलि अदालतले संसद् ब्युँताइदियो भने समाधान हुन्छ त ? मैले त समस्या झन् बढ्ने अनि अर्को आन्दोलन र विद्रोह हुने खतरा देख्छु।'
उनले यसअघिकै संसद्ले गरेका काममाथि प्रश्न उठाउँदै जेन–जीहरूले विद्रोह गरेको बताउँदै अब फेरि त्यही संसद् पुनःस्थापना गर्ने हो के अर्थ हुन्छ भन्ने प्रश्न गरे। उनले भने, '७० जनाभन्दा धेरैको मृत्यु भएको कुराको स्वीकार्य कसरी हुन्छ ? यी सबै कुराहरू हुनु भनेको नेपाल झन् द्वन्द्वमा जानु हो । यसैले अबको एकमात्र विकल्प भनेको निर्वाचन हो र ताजा जनमतपछि मात्र सबैका कुरा सुन्न र सम्बोधन गर्न सकिन्छ । नत्र एकपछि अर्को विद्रोह खेप्नुपर्ने हुन्छ।'
