प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

मुलुकमा हुने सबै किसिमका आन्दोलनहरूमा प्रहरी सधैँ तारोमा पर्ने गरेको भन्दै आईजीपी कार्कीको गुनासो

मंसिर २८, २०८२

कान्तिपुर संवाददाता

Police are made into pots when they are needed and places when they are not needed: IGP Karki

काठमाडौँ — प्रहरी महानिरीक्षक दानबहादुर कार्की मुलुकमा हुने सबै किसिमका आन्दोलनहरूमा प्रहरी सधैँ तारोमा पर्ने गरेको भन्दै गुनासो गरेका छन् । जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवनको आइतबार उद्‍घाटनका क्रममा प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने गरिएको उनको भनाइ छ । 

‘मूलभूत रूपमा प्रहरीका संरचनाहरू यसपाला पनि ध्वस्त भए । नेपालको इतिहासमा यसभन्दा पहिलेका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोमा पर्छ । यसलाई चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो पनि बनाउने पनि गरिन्छ,’ उनले भने । 

Police are made into pots when they are needed and places when they are not needed: IGP Karkiजेन–जी आन्दोलनको क्रममा ध्वस्त बनाइएको कार्यालयको संरचना पुनर्निर्माण गरिएको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully