'जातीय विविधता, भाषिक विविधता नेपालको सम्पत्ति हो । हामीले यसलाई दायित्व सम्झिनुपर्छ ।'
काठमाडौँ — अर्थमन्त्री रामेश्वर खनालले जातीय र भाषिक विविधता नेपालको सम्पत्ति भएको बताएका छन् । आइतबार आदिवासी जनजाति उत्थान प्रतिष्ठानले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता मुलुकलाई समृद्ध बनाउने आवश्यक कुरा भएको बताएका हुन् ।
विविध विविधताको सही उपयोग गर्न नसकिरहेको समेत उनको भनाइ छ । कतिपय जातिलाई अहिलेसम्म पनि चिन्न नसकिएको पनि उनले बताए ।
‘जातीय विविधता, भाषिक विविधता नेपालको सम्पत्ति हो । हामीले यसलाई दायित्व सम्झिनुपर्छ । यसमा अफ्ठ्यारो कसैले सम्झनु हुँदैन । यो भनेको हाम्रो सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता यी भनेको मुलुलाई समृद्ध गर्नको निमित्त अत्यन्त आवश्यक कुरा हो । हामीले यसको सही परिचालन गर्न सकेका छैनौँ । कतिपय अवस्थामा समानुपातिक प्रतिनिधित्व हुन सकिरहेको छैन । कतिपय जातिलाई अहिलेसम्म पनि चिन्न सकेका छैनौँ,’उनले भने ।
आदिवासी जनजाति उत्थान प्रतिष्ठानले कतिपय काम गर्नका लागि बजेट नभएको गुनासो गरे पनि बजेट दिन तत्काल अधिकार नहुने अर्थमन्त्री खनालको भनाइ छ । बताउनु भयो । कार्यक्रम नभए कार्यक्रम थप गर्ने अधिकार अर्थमन्त्रीलाई नहुने र भएको कार्यक्रमअन्तर्गत थपघट गर्न सकिने जिकिर गर्नुभयो । अर्थमन्त्री खनालको भनाइ छ ।
