पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू : शेखर काेइराला

पार्टीभित्र र बाहिरका फोरममा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको नेता कोइरालाले बताए ।

मंसिर २७, २०८२

कान्तिपुर संवाददाता

I am the meeting point between the senior and younger generations within the party: Shekhar Koirala

काठमाडौँ — कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् ।

नेता कोइरालाले लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरममा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताए ।

आफुले कोभिड महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि कोइरालाले गरे ।

प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग काठमाडाै‌ंकाे बिशालनगरस्थित  आफ्नाे सम्पर्क कार्यलयमा भएको भेटघाटमा नेता काेइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरुले पुर्याएकाे योगदानको सधै उच्च कदर हुने बताए ।

देश र पार्टी अत्यन्तै कठिन मोडमा उभिएको बताउँदै उनले कांग्रेस पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरुको अनुभवको सहयोगको खाँचो रहेको पनि उनले प्रष्ट पारे । 'सयौं योद्धा र युवाहरुको रगत पसिनाले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक बिचलन आएको छ,' कोइरालाले भने, 'पार्टी भित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ।'

जिल्ला-जिल्लाबाट आएका सेनानीहरुलाई नेता कोइरालाले पार्टीको आसन्न महाधिवेशन र आमनिर्वाचनमा होमिन निर्देशन पनि दिए ।

कान्तिपुर

Link copied successfully