सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, थुनामा पठाउनुपर्ने न्यायाधीश श्रेष्ठको फरक राय

अख्तियारले भट्टराईसहित ७ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । साथै भट्टराईविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा दायर गरिएको थियो ।

मंसिर २६, २०८२

मातृका दाहाल

Joint Secretary Bhattarai demands Rs 2.5 million bail, Judge Shrestha has a different opinion that he should be sent to jail

काठमाडौँ — भिजिट भिसा तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ । 

अख्तियारले भट्टराईसहित ७ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । साथै भट्टराईविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा दायर गरिएको थियो । मुद्दा दायरको भोलिपल्ट विशेषले भट्टराईविरुद्ध थुनछेक आदेश दिँदै २५ लाख रुपैयाँ धरौटी मागेको हो । 

विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यद्वय नारायणप्रसाद पौडेल र दिल्लीरत्न श्रेष्ठको इजलासमा थुनछेक बहस भएको थियो । भट्ट र पौडेलको बहुमतले भट्टराईसँग धरौटी मागेको हो । तर, न्यायाधीश श्रेष्ठले भने धरौटी नमागी मुद्दाको किनारा नलागेसम्म भट्टराईलाई पुर्पक्षमा पठाउनु पर्ने राय दिएका छन् । तर बहुमत न्यायाधीशले धरौटी मागेसँगै भट्टराई धरौटी बुझाएमा थुनामुक्त हुनेछन् । 

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully