सशस्त्र प्रहरीले गर्‍यो करिब २७ सय सीमास्तम्भ मर्मतसम्भार

आर्थिक वर्ष २०८०/८१ यता सशस्त्रले २६ सय ९० सीमा स्तम्म मर्मत तथा रंगरोगन गरेको हो । 

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

Armed Police Force maintains nearly 2,700 border posts

काठमाडौँ — सशस्त्र प्रहरीले नेपाल-भारत सीमा कायम गर्ने करिब २७ सय स्तम्भ मर्मत गरेको छ । आर्थिक वर्ष २०८०/८१ यता सशस्त्रले २६ सय ९० सीमा स्तम्म मर्मत तथा रंगरोगन गरेको हो । 

नेपाल र भारतका सीमा कार्यदलको संयुक्त बैठकले दुवै देशका सीमा सुरक्षा संयन्त्रलाई सीमा स्तम्भ मर्मतसम्भारको जिम्मेवारी दिएको थियो । त्यसपछि सशस्त्रले यो अवधिमा सीमास्तम्भहरू मर्मत गरेको हो । 

सशस्त्र प्रहरी प्रवक्ता मनिष थापाले शुक्रबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/८१ मा २१३७, २०८१/८२ मा ४९८ र २०८२/८३ को कात्तिकसम्म ५५ स्तम्भ मर्मत गरिएको हो । जसमा मुख्य स्तम्भ २५८, सहायक ६६२ र बाँकी साना स्तम्भ मर्मत गरिएको प्रवक्ता थापाले जानकारी दिए । भारतले यो अवधिमा भारतले ९२५ स्तम्भ मर्मत गरेको छ ।

नेपाल र भारतबीच करिब १ हजार ८८० किमि लम्बाइ सीमा जोडिएको छ । सीमा सुरक्षाका लागि सशस्त्रले करिब १० हजार सुरक्षाकर्मी परिचालन गरेको छ । जसमध्ये २५० बोर्डर आउट पोस्टमार्फत सीमामा जनशक्ति तैनाथ गराइएको छ ।

कान्तिपुर

Link copied successfully