संक्रमणकालीन न्यायलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन आवश्यक : अध्यक्ष मगर

नेपालको मानव अधिकारको कुरा गर्दा संक्रमणकालीन न्यायको विषयलाई अलग गर्न नमिल्ने उनको भनाइ छ । ‘

मंसिर २४, २०८२

कान्तिपुर संवाददाता

Transitional justice needs to be concluded as soon as possible: Chairman Magar

काठमाडौँ — मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्यायलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् । 

७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मगरले दस वर्षे सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लंघनका घटनाका पीडितहरट्ठको न्याय र परिपूरणको विषय सबैको साझा विषय भएको बताएका हुन् । 

नेपालको मानव अधिकारको कुरा गर्दा संक्रमणकालीन न्यायको विषयलाई अलग गर्न नमिल्ने उनको भनाइ छ । ‘नेपालको मानव अधिकारको कुरा गर्दा संक्रमणकालीन न्यायको विषयलाई अलग गर्न मिल्दैन । दस वर्षे सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लंघनका घटनाका पीडितहरुको न्याय र परिपूरणको विषय हामी सबैको साझा सरोकार र जिम्मेवारीको विषय हो’ ,उनले भने, ‘संक्रमणकालीन न्यायलाई यथाशिघ्र निष्कर्षमा पुर्‍याउनु आवश्यक छ । मानव अधिकार आयोगले मानव अधिकारको न्याय सुनिश्चितता गर्न अनुसन्धान गरी नेपाल सरकारलाई गरेको सिफारिस कार्यान्वयन नहुनु चिन्ताको विषय हो ।’

अध्यक्ष मगरले आयोगको सिफारिस कार्यान्वयन नहुँदा पीडितले क्षतिपूर्ति प्राप्त गर्न नसक्ने र मानव अधिकार उल्लंघका पीडितलाई कानुनको दायरामा ल्याउन नसक्दा दण्डहिनताले प्रश्रय पाएको बताए । 

कान्तिपुर

Link copied successfully