झोंक चलेर नभई पार्टीभित्र विधि–पद्धति निर्माण गर्नका उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा आउनबाट रोक्न खोजिएको कदमको पनि उनले विरोध गरे।

मंसिर २४, २०८२

गंगा बीसी

I did not run for office out of impulse, but to create procedures within the party: Ishwor Pokharel

काठमाडौँ — एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले झोंक चलेर नभई पार्टीभित्र विधि–पद्धति निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताएका छन्। आसन्न एमाले महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी रहेका पोखरेलले आज पत्रकार सम्मेलन गर्दै यस्तो विचार व्यक्त गरेका हुन्।

उनले महाधिवेशन विचारको फैसला हुने थलो भएकाले फरक मतहरू अघि सारेको उल्लेख गर्दै भने, ‘पार्टीभित्र जबजको विवाद छैन, तर कार्यसम्पादनमा भएका त्रुटि–कमजोरीहरूको महसुस छैन। सच्चाउनुपर्छ भन्नेमा जोड छ।’

पोखरेलले पार्टी जीवनको लोकतान्त्रीकरणमा समस्या रहेको र त्यसको समाधान गर्न तथा सामूहिक नेतृत्व नहुने खतराबाट पार्टीलाई जोगाउन आफू अघि सरेको बताए। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा आउनबाट रोक्न खोजिएको कदमको पनि उनले विरोध गर्दै भण्डारीको सदस्यता रोक्न नपाइने बताए । 

गंगा बीसी

Link copied successfully