निष्पक्ष निर्वाचनको माग गर्दै गैरसरकारी संस्था महासंघले बुझायो प्रधानमन्‍त्रीलाई पत्र

महासंघको संयोजनमा बुधबार “मानव अधिकार: हामी सबैको अपरिहार्य आधार” भन्ने मूल नारासहित ललितपुरको ललित मण्डपबाट र्‍याली गरिएको थियो ।

मंसिर २४, २०८२

कान्तिपुर संवाददाता

Federation of NGOs submits letter to Prime Minister demanding fair elections

काठमाडौँ — गैरसरकारी संस्था महासंघले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न माग गर्दै प्रधानमन्त्री सुशिला कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

७७ औं मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगको प्राङ्गणमा आयोजित काेणसभाका दौरान  गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले नागरिक समाजका तर्फबाट प्रधानमन्त्रीलाई चिट्ठी हस्तान्तरण गरे ।

तोकिएको समयमै शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न माग माग गर्दै नागरिक समाजले प्रधानमन्‍त्रीलाई चिट्ठी लेखेको उनले बताए ।

गैरसरकारी संस्था महासंघले नागरिक समाजको तर्फबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि चिट्ठी बुझाउने तयारी भएको उनले बताए ।

महासंघको संयोजनमा  बुधबार “मानव अधिकार: हामी सबैको अपरिहार्य आधार” भन्ने मूल नारासहित  ललितपुरको ललित मण्डपबाट र्‍याली गरिएको थियो । 

मानव अधिकार महाभेला र राष्ट्रिय मानव अधिकार आयोगसँगको सहकार्यमा आयोजित र्‍यालीमा विभिन्‍न संघसंस्था तथा अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।

कान्तिपुर

Link copied successfully