वैदेशिक रोजगार विभाग परिसरभित्रै सेवाग्राहीलाई ठगी गर्ने १३ जना बिचौलिया पक्राउ

विभागमा सेवा लिन आउने श्रमिक तथा परिवारजनलाई अनलाइन फारम भरी दिने, श्रम स्वीकृतिसम्बन्धी प्रक्रिया सहज गरिदिने, ठगिएको रकम फिर्ता गराइदिने जस्ता प्रलोभनमा पारेर पैसा असुल्ने काम गरेकोले उनीहरुलाई पक्राउ गरिएको विभागले जनाएको हो ।

मंसिर २४, २०८२

कान्तिपुर संवाददाता

Thirteen middlemen arrested for defrauding service recipients inside the premises of the Department of Foreign Employment

काठमाडौँ — ताहाचलस्थित वैदेशिक रोजगार विभाग परिसरभित्रै सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाएर ठगी गर्दै आएको भन्दै विभागले बुधबार १३ जना बिचौलियालाई  पक्राउ गरेको छ ।

विभागमा सेवा लिन आउने श्रमिक तथा परिवारजनलाई अनलाइन फारम भरी दिने, श्रम स्वीकृतिसम्बन्धी प्रक्रिया सहज गरिदिने, ठगिएको रकम फिर्ता गराइदिने जस्ता प्रलोभनमा पारेर पैसा असुल्ने काम गरेकोले पक्राउ गरेको विभागले जनाएको हो ।

विभागले पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा आपराधिक कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पठाएको छ ।

कर्मचारी तथा प्रहरी टोलीले सो समूहलाई सम्झाई बुझाई गर्दासमेत उनीहरूले उल्टै अपशब्द प्रयोग गर्दै गाली–गलौच गर्ने, कार्य सम्पादनमा बाधा पुर्‍याउने र अभद्र व्यवहार प्रदर्शन गरेको विभागले जनाएको छ ।

विभागका अनुसार सेवाग्राहीले कुनै पनि प्रक्रियामा दलालको भर नपरी विभागले उपलब्ध गराएका आधिकारिक काउन्टर तथा अनलाइन प्रणालीबाट मात्र सेवा लिन आग्रह गरिएको छ ।

कान्तिपुर

Link copied successfully