एकैदिन  ६७ नयाँ अधिकृतलाई परराष्ट्रमा स्वागत

नवनियुक्त अधिकृतहरूलाई शपथग्रहण तथा  नियुक्ति पत्र दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले बधाई दिएका थिए।

मंसिर २४, २०८२

कान्तिपुर संवाददाता

67 new officers welcomed to the Foreign Ministry in one day

काठमाडौँ — परराष्ट्र मन्त्रालयले बुधबार ६७ जना नयाँ अधिकृतलाई स्वागत गरेको छ। नवनियुक्त अधिकृतहरूलाई शपथग्रहण तथा  नियुक्ति पत्र दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले बधाई दिएका थिए।

उनले पहिला नागरिक भन्ने मार्गदर्शक सिद्धान्तअनुसार जिम्मेवारी वहन गर्दै उच्चतम स्तरको पेसागत इमान्दारी र निष्ठा कायम राख्न अधिकृतहरूलाई निर्देशन दिए।

सचिव राईले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनका लागि वैदेशिक सेवा अधिकृतहरूको क्षमता, समर्पण र दृढताको भूमिका अझ महत्त्वपूर्ण हुने उल्लेख गरे।

विदेशमा रहेका नेपालीको संख्या बढ्न थालेपछि सरकारलाई छिटो र छरितो रूपमा कन्सुलर सेवा दिन चुनौती छ  ।

कान्तिपुर संवाददाता

Link copied successfully