नेपालको जलस्रोत संरक्षण यूएईको सहयोग हुन्छ : यूएई राजदूत

राजदूत सम्सीले नेपालमा बढ्दो जल संकट रहेको भन्दै गएको असार–साउनमा मधेसमा वर्षा कमी हुँदा उत्पादनमा कमी आएको स्मरण गरे ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

UAE supports Nepal's water resource conservation: UAE Ambassador

काठमाडौँ — नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुला साएद मुवारक जर्वान अल सम्सीले नेपालको जल संरक्षणमा यूएई सहयोग गर्न तयार भएको बताएका छन् ।

 ‘नेपालसँग हातेमालो गर्दै जलको संरक्षण, विपद्–व्यवस्थापन र समृद्धिको यात्रामा सहयोग गर्न यूएई प्रतिबद्ध छ,’ मंगलबार यूएई दूतावासद्वारा आयोजित जल संरक्षणसम्बन्धी नीति सवांदलाई सम्बोधन गर्दै उनले भने,‘ विश्वभर बढ्दो जल संकट, जलस्रोतको जगेर्ना तथा दीगो प्रबन्धनका विषयमा गम्भीर हुन जरुरी छ । यसका लागि सामूहिक उत्तरदायित्व अनिवार्य छ ।’

उनले नेपालमा बढ्दो जल संकट रहेको भन्दै गएको असार–साउनमा मधेसमा वर्षा कमी हुँदा उत्पादनमा कमी आएको स्मरण गरे । 

‘गत असार–साउनमा तराई–मधेसमा वर्षा न्यून भई बिर्तामोडदेखि जनकपुरसम्मका स्रोत सुकेका थिए । गहिरा इनारसमेत पानी सुकेका थिए,’ उनले भने,‘धानका बाली नै सुक्ने अवस्था आयो । जसले खाद्य सुरक्षामै जोखिम थप्यो ।'

कान्तिपुर

Link copied successfully