‘टीओबी’का तेन्जीन दावा लामासँग पाँच लाख धरौटी माग 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले दुई वटै कसुरमा धरौटीमा छाड्न आदेश दिएको हो ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

'TOB' demands Rs 500,000 bail from Tenzin Dawa Lama

काठमाडौँ — काठमाडौं जिल्ला अदालतले तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी)का तेन्जीन दावा लामालाई धरौटीमा छाड्न आदेश गरेको छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले दुई वटै कसुरमा धरौटीमा छाड्न आदेश दिएको हो । उनीविरूद्ध लिखतसम्बन्धी कसुर र लागुऔषधको कसुरमा मुद्दा दर्ता भएको थियो । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार लिखतसम्बन्धी कसुरमा उनीसँग पाँच लाख रुपैया धरौटी माग भएको छ । 

त्यस्तै लागुऔषध सम्बन्धी कसुरमा भने २० हजार रुपैयाँ माग भएको थियो । 

जेन-जी आन्दोलनपछि हतियार देखाउँदै गरेको भिडियो भाइरल हुन थालेपछि दावा स्वयम् प्रहरीको सम्पर्कमा पुगेका थिए । 

अभद्र व्यवहारको कसुरमा पक्राउ परेका उनीमाथि नागरिकता पनि अनुसन्धान गरेको थियो । तर उनको नागरिकतामै कैफियत देखिएपछि थप अनुसन्धान गरी नागरिकतासम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान सकेर प्रहरीले केही दिनअघि मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा अदालतमा दर्ता गरेको थियो । उक्त मुद्दाको थुनछेकपछि धरौटी आदेश भएको हो ।

कान्तिपुर

Link copied successfully