प्रदेश सांसद विच्छामाथि राप्रपाको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

पार्टीले समर्थन नगर्दा नगर्दै पनि मन्त्री भएपछि राप्रपाले उनलाई कारबाही गरेको थियो ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

Supreme Court issues interim order not to implement RPP's action against provincial MP Bichha

काठमाडौँ — सर्वोच्च अदालतले मधेश प्रदेशकी राप्रपाकी सांसद कञ्चन विच्छालाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । विच्छाले एमालेबाट मुख्यमन्त्री भएका सरोजकुमार यादवलाई समर्थन गर्दै मन्त्रीमा शपथ लिएकी थिएन्। 

पार्टीले समर्थन नगर्दा नगर्दै पनि मन्त्री भएपछि राप्रपाले उनलाई कारबाही गरेको थियो । राप्रपाले प्रदेशसभा सदस्य विच्छाले दलको अनुशासन उल्लंघन गरेको भन्दै निलम्बन गरेपछि उनी सर्वोच्च अदालत पुगेकी थिइन् । 

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको अन्तरिम आदेश पछि विच्छालाई प्रदेशसभा फर्कने बाटो खुलेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully