क्यानका निलम्बित महानिर्देशक अधिकारीसँग ५ लाख धरौटी माग, तर उनी थुनामै रहने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा थुनछेक बहसपछि अधिकारीसँग धरौटी माग गर्ने आदेश गरेको हो ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

CAN suspends suspended Director General Adhikari, demands Rs 500,000 bail, but he remains in detention

काठमाडौँ — विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख धरौटी माग गरेको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा थुनछेक बहसपछि अधिकारीसँग धरौटी माग गर्ने आदेश गरेको हो । विशेष अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले धरौटी रकम माग गरेको हो । 

अदालतले धरौटी माग गरे पनि अधिकारी थुनामै जाने छन् । यसअघि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरिएको थियो । सोही आदेशको आधारमा उनी थुनामै हुनेछन् । 

यस्तै क्यानका पूर्वनिर्देशक मुरारी भण्डारीसँग पनि विशेष अदालतले १ लाख रुपैयाँ धरौटी मागेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलमा भ्रष्टाचार भएको भन्दै उनीसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully