भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले अर्यालसँग बयान लिइरहेको छ ।
काठमाडौँ — सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिन पुगेका छन् ।
भदौ २३ गतेको जेन-जी आन्दोलन, २४ गते उत्पन्न अवस्था, नयाँ बानेश्वरमा भएको सुरक्षा समन्वय अभाव, ती घटनामा सशस्त्र प्रहरीको भूमिका लगायतका विषयमा आयोगले अर्यालसँग बयान लिइरहेको छ ।
यसअघि आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल लगायतसँग बयान लिइसकेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसँग पनि बयान लिने आयोगको तयारी छ ।
