अब सक्रिय राजतन्त्र सम्भव छैन : धवल शमशेर जबरा

उनले सक्रिय राजतन्त्रसँग आफूहरू सहमत नभएको तर नेपालमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

Active monarchy is no longer possible: Dhaval Shamsher Jabra

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको जनसभामा उनले यस्तो धारणा राखेका हुन् ।

उनले सक्रिय राजतन्त्रसँग आफूहरू सहमत नभएको तर नेपालमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् । आफूहरूले राजासँग भेटेर यसबारे स्पष्ट पारेको उनले बताए। जबराले भने, ‘धेरै साथीहरूले सक्रिय राजतन्त्रको कुरा गर्छन्। त्यो कुरासँग हामी सहमत छैनौँ । अब सक्रिय राजतन्त्र होइन, संवैधानिक राजसंस्था आवश्यक छ। यो कुरा मैले राजासँग पनि सोधेर स्पष्ट पारेको छु।’

उनले ठूलो हृदय गरेर सबैलाई समेट्ने सरकार बनाउनुपर्ने आवश्यकता औँल्याउँदै आफूहरूले सनातन हिन्दू अधिराज्य कायम गर्ने अभियान चलाइरहेको पनि बताए।

कान्तिपुर

Link copied successfully