नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश गरेको हो ।

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

Order to send suspended Director General of Civil Aviation Authority Adhikari to custody for trial

काठमाडौँ — विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश गरेको हो । 

उनलाई धरौटीमा रिहा गर्नुपर्ने आधार नदेखिएको भन्दै अदालतले थुनामा पठाउने आदेश गरेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully