परिवारसँगको फोन सम्पर्कपछि गत शुक्रबार घर फर्किएको र त्यही मौकामा प्रहरीले पक्राउ गरेको हो ।
विराटनगर — मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरेको आरोपमा फरार रहेका पदम अधिकारी दुई महिनापछि पक्राउ परेका छन् ।
स्थानीयमा ‘विचारी’ भनेर चिनिने अधिकारीले बलात्कारपछि हँसिया र खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अधिकारीले बलात्कारपछि आफूले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।
घटना भएको केहीबेरमै अधिकारी भागेर भारतको आसाम, तीनसुकिया पुगेका थिए । परिवारसँगको फोन सम्पर्कपछि गत शुक्रबार घर फर्किएको र त्यही मौकामा प्रहरीले पक्राउ गरेको हो ।
अंशुका बुबा नवीन गौतमले अधिकारीविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । पक्राउ परेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार बिहान साढे १० बजे सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
पिङ खेल्न भनी असोज २१ मा घरबाट निस्किएकी अंशुको शव हराएको १८ दिनपछि कात्तिक ७ मा चिसाङ जंगलमा फेला परेको थियो ।
