पूर्वनिर्देशक भण्डारीसँग पाँच लाख धरौटी माग तर अख्तियारकै थुनामा पठाइयो 

अख्तियारले आइतबार पोखरा विमानस्थलको दोस्रो मुद्दा दायर गरेकाले थुनामा पठाएको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले बताए । अख्तियारले ८ अर्ब बराबर भ्रष्टाचार भएको भन्दै ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

Former Director Bhandari was asked to pay Rs 500,000 as bail, but was sent to CIAA custody.

काठमाडौँ — विशेष अदालतले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुछिएका नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालतले माग गरेको धरौटी रकम बुझाए पनि भण्डारी भने अख्तियारकै हिरासतमा रहने भएका छन् । 

अख्तियारले आइतबार पोखरा विमानस्थलको दोस्रो मुद्दा दायर गरेकाले थुनामा पठाएको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले बताए । अख्तियारले ८ अर्ब बराबर भ्रष्टाचार भएको भन्दै ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

विशेष अदालतले हेलिपोर्ट निर्माणमा महानिर्देशक प्रदीप अधिकारीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । उनीहरुको विमानस्थलको मुद्दामा बयान सोमबारदेखि सुरु हुने विशेष अदालतले जनाएको छ ।

कान्तिपुर

Link copied successfully