बर्दिया घटनाको छानबिन गर्न समिति गठन 

नागरिकता नपाउँदा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गर्‍यो

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

Committee formed to investigate Bardiya incident

What you should know

काठमाडौँ — बर्दियामा नागरिकतासम्बन्धी प्रशासनिक झमेलाका कारण दुई जनाले ज्यान गुमाएको घटनामा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । 

गृह मन्त्रालयले बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएर जीवन गुमाएको घटनामा सत्यतथ्य छानबिन गर्न सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा समिति गठन गरेको छ।  

कान्तिपुरमा समाचार प्रकाशित भएपछि प्रधानमन्त्री सुशीला कार्कीले समेत उक्त घटनामा आफ्नो ध्यानाकर्षण भएको बताएकी थिइन् । त्यसपछि उनले सत्यतथ्य बुझ्नका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्देशन दिएकी थिइन् । मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो। 

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी ५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समितिलाई आदेश दिइएको छ। 

बर्दियाको बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी गाउँकी अञ्जु थारुले २२ कात्तिकमा आत्महत्याको बाटो रोजिन् । छोरीको मृत्युको शोकमा रहेका उनका बाबु कान्छाले पनि चार दिनपछि आत्महत्या गरे ।

सम्बन्धित समाचार

कान्तिपुर

Link copied successfully