नेपाल-जापान सम्बन्धको ७०औं वर्षगाँठ मनाउनेबारे छलफल
काठमाडौँ — नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन् । शुक्रबार सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल-जापान सम्बन्धको ७० औं वर्षगाँठ मनाउनेबारे छलफल गर्नका लागि राजदूत तोरुले प्रधानमन्त्री कार्कीलाई शिष्टाचार भेट गरेका हुन् ।
भेटका अवसरमा राजदूत तोरुले सरकारको समयमै चुनाव गराउने संकल्पको प्रशंसा गरे । साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको समेत बताए ।
प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहयोग-सद्भाव रहने विश्वास व्यक्त गरिन् ।
