नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको विशेष अदालतमा बयान सुरु

अख्तियारले १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७७ पैसा बिगो र त्यति नै जरिवाना असुलउपर गर्नुपर्ने मागदाबीसहित विशेष अदालतमा बुधबार मुद्दा चलाएको हो ।

मंसिर १९, २०८२

कान्तिपुर संवाददाता

Civil Aviation Authority Director General Pradeep Adhikari's statement begins in special court

काठमाडौँ — भक्तपुरको नलिनचोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुछिएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीको  थुनछेक बहसका लागि विशेष अदालतमा बयान सुरु भएको छ।

बुधबार अख्तियारले अधिकारी र भण्डारीलाई पक्राउ गरी ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। तारेख बुझ्न अख्तियार पुगेका दुवै जनालाई त्यहीँबाट पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरिएको थियो।

अख्तियारले १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७७ पैसा बिगो र त्यति नै जरिवाना असुलउपर गर्नुपर्ने मागदाबीसहित विशेष अदालतमा बुधबार मुद्दा चलाएको हो । विशेष अदालतका अनुसार पक्राउ परेका दुवै जनाविरुद्धको थुनछेक बयान भइरहेको छ र त्यसपछि थुनछेक बहस सुरु हुनेछ।

अधिकारी हेलीपोर्ट निर्माण प्रकरणका साथै सिनामंगलस्थित प्राधिकरणको भवन निर्माण, पोखरा र भैरहवास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा पोखरामा विमान निगरानी गर्ने प्रविधि खरिद प्रकरणमा भएको अनियमितताका समेत आरोपी हुन् । 

कान्तिपुर

Link copied successfully