रत्नपार्कमा निःशुल्क इन्टरनेट

नेपाल टेलिकमका ६ वटा राउटर ल्याएर  निःशुल्क वाइफाई जडानको काम गरिरहेको छ ।

मंसिर १८, २०८२

रासस

Free internet in Ratnapark

काठमाडौँ — काठमाडौँको रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ ।

महानगरपालिका अन्तर्गतको हरियाली प्रवर्धन आयोजनाले नेपाल टेलिकमका ६ वटा राउटर ल्याएर रत्नपार्कमा निःशुल्क वाइफाइ जडानको काम गरिरहेको छ । शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठ मङ्सिरभित्रै रत्नपार्कको सबै स्थानमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने बताउँछन् ।

‘निःशुल्क वाइफाइका लागि नेपाल टेलिकमका ६ राउटर ल्याएर ५०० एमबीपीएस क्षमताको इन्टरनेट जडान कार्य भइरहेको छ, चाँडै नै रत्नापार्कभित्र छिर्ने सर्वसाधारणले घाम ताप्दै निःशुल्क इन्टरनेट सेवा लिन सक्नेछन्,’ उनले भने ।

अव्यवस्थित रत्नापार्कलाई काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा करिब ८० लाखको लागतमा पुनःनिर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको छ भने अहिले रत्नपार्कभित्र छिर्ने सर्वसाधारणको सङ्ख्यासमेत बढेको छ ।

रासस

Link copied successfully