महाधिवेशनमा मुखमा टेप टाँस्नुपर्छ भनेका छैनौँ : विष्णु पौडेल

'अध्यक्षले बोल्न दिन्नँ भन्नुभयो, म मात्र बोल्छु भन्ने टिप्प्पणी धेरै सान्दर्भिकता देख्दिनँ,' ओलीको भनाइको बचाउ गर्दै उनले भने ।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

We did not say that people should tape their faces during the general convention: Bishnu Poudel

काठमाडौँ — एमाले उपाध्यक्ष विष्णु पौडेलले महाधिवेशनमा फरक विचार राख्न पाउने बताएका छन् । भदौ तेस्रो साता भएको विधान महाधिवेशनले नीति र विधि पारित भएकाले नेतृत्वमा केन्द्रित हुने बताए ।

‘दुई महाधिवेशनको व्यवस्था नीति र विधि महाधिवेशन, ११औं महाधिवधेशन नेतृत्व निर्माण गर्ने महाधिवशेन हो । प्रतिवेदन महाधिवेशमा प्रस्तुत हुन्छन् । कसैलाई केही लाग्यो भने बोल्न पाइँदैन भनेका छैनौँ । मुखमा टेप टाँस्न भनेका छैनौं,’ उनले बुधबार आयोजित एक कार्यक्रममा भने ।

पार्टीमा पर्याप्त छलफल गरेर निष्कर्ष निकालिसकिएको दाबी गर्दै पौडेलले ती विषयमा सहमति हुने बताए । 'अध्यक्षले बोल्न दिन्नँ भन्नुभयो, म मात्र बोल्छु भन्ने टिप्प्पणी धेरै सान्दर्भिकता देख्दिनँ,' ओलीको भनाइको बचाउ गर्दै उनले भने । केही दिनअघि ओलीले भनेका थिए, 'यसपालिको महाधिवेशनमा छलफल हुँदैन, मैले बोलेपछि सकिन्छ ।'

कान्तिपुर

Link copied successfully